• 2082, आषाढ़ 15 आइतबार ,

सूचना बक्स

गोकर्णेश्वर नगरपालिका
गोकर्णेश्वर - ८, जोरपाटी, काठमाडौँ
flag
Article Cover

बागमती पार्क हरियाली सम्पदा टोल समितिलाई हस्तान्तरण

By Ward - · 24th of March 2025
काठमाडौं, चैत्र ९ । गोकर्णेश्वर नगरपालिका वडा नं. ५ भित्रका टोल समितिहरूलाई बागमती पार्कको हरियाली सम्पदा हस्तान्तरण गरिएको छ। शनिवार नयाँबस्ति जम्बुडाँडामा आयोजित कार्यक्रममा नगर प्रवक्ता तथा वडा अध्यक्ष नारायण बहादुर सुवेदीको सभापतित्व र नगर प्रमुख दिपक रिसालको प्रमुख आतिथ्यतामा बागमतीको किनाराका सम्पदा हस्तान्तरण गरिएको हो। कार्यक्रमका प्रमुख अतिथि उपप्रमुख सान्नानी लामाले समेत सम्बोधन गरे। हस्तान्तरण गरिएका सम्पदाहरू विभिन्न टोल समितिहरूलाई सोही क्षेत्रका सिमानाका आधारमा सुम्पिएका छन्। कार्यक्रममा वडा सदस्य धर्म थिङ लामा, समाजसेवी कपिल उप्रेति, चन्द्रमणी गौतम र स्थानीय वासिन्दा सहित विभिन्न टोल समितिका पदाधिकारीहरूको उपस्थिति थियो।