in your mobile
शिवपुरी राष्ट्रिय निकुञ्ज
यस निकुञ्जमा २२ भन्दा बढी जातिका स्तनधारी जनावरहरूको वसोबास रहेको छ। जसमध्य संरक्षित ध्वाँसे चितुवा, चरीबाघ, आसामी बाँदर, सालक जस्ता वन्यजन्तु यहाँ पाईन्छन् । यस निकुञ्जमा करिब ३११ प्रजातिका चराचुरुङ्गी तथा पंक्षी पाईन्छन् । जसमध्ये १७७ प्रजातिका बसाई सराई गर्ने पंक्षी यहाँ पाईन्छन् । यसै गरी यस निकुञ्जमा करिब १०२ प्रजातिका पुतली\पतङ्गहरु पति पाईन्छन्।
काठमाडौं शहरबाट नजिक रहको यो निकुञ्ज पूर्वमा चिसापानीदेखि पश्चिममा ककनीसम्म फैलिएको छ । शिवपुरी जलाधार क्षेत्रको रूपमा सन् १९८९ मा स्थापित यसको क्षेत्रफल १४४ वर्गकिमि थियो । सन् २००२ मा यसलाई शिवपुरी राष्ट्रिय निकुञ्ज नाम दिइयो भने वि.सं. २०६५ सालमा नागार्जुन क्षेत्रको १५ वर्गकिलोमिटर क्षेत्रफल समेटेर १५९ वर्ग किलोमिटर क्षेत्रफलको शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज बनाइएको छ । निकुञ्जका अनुसार उत्तर दक्षिण चौडाइ सरदर ९ किलामिटर र पूर्व–पश्चिम लम्बाइ सरदर २० किलोमिटर रहेको छ । शिवपुरी शिखरको उचाइ २,७३२ मिटर छ ।
| Day | From | To |
|---|---|---|
| Sunday |
| Fee Category | Amount |
|---|
| From | Medium | Road condition | Duration | Fare |
|---|