Loading...
Loading...
Loading...
View Map

in your mobile

बीपी संग्रहालय

दूरदर्शी राजनेता बीपी काइरालालाई करिव १० वर्ष बन्दी बनाएर राखिएको सुन्दरीजल जललाई सरकारले बीपी संग्रहालय बनाएको छ । २०६१ भदौ २४ गते संग्रहालयको उद्घाटन नेपाली कांग्रसका सभापति गिरिजाप्रसाद कोइरालाले गरेका थिए । नेपाली सेनाले प्रयोग गर्दै आएको स्थानलाई बन्दीगृह बनाउन स्थानीय समाजसेवी परशुराम पोखरेलले अथक मिहेनत गरेका थिए । सेनाका अधीनस्थ भवन तथा जग्गाको स्वामित्व संग्रहालयको नाममा ल्याउन त्यस समयमा कठिन काम थियो । सेनाबाट जीर्ण अवस्थामा प्राप्त गरेको भौतिक संरचनालाई बीपी संग्रहालय समितिले मर्मतपछि सञ्चालनमा ल्याएको हो । नेपालका लागि राजनीतिक व्यक्तित्वका नाममा बीपी संग्रहालय पहिलो र एक मात्रै हो । बीपी संग्रहालयलाई राजनीतिक पुस्तकालयका रूपमा पनि विस्तार गरिएका छ । संग्रहालयका लागि मोरङ, सुनसरी र बनारसदेखि सामग्रीहरू जुटाइएको थियो । बीपीले प्रयोग गरेका धरै सामग्री संग्रहालयमा छन् । २४ रोपनीमा फैलिएको बीपी संग्रहालयको भौतिक संरचना २०७२ सालको भूकम्पले पूर्ण क्षति भएको थियो । पुनर्निर्माणको काम अन्तिम चरणमा पुगको छ । पुरातत्व विभागको तर्फबाट तीनतले नयाँ भवन निर्माणाधीन छ जहाँ कार्यक्रमस्थल र प्रशासन रहने बताइएको छ । नेपाली कांग्रेसले २०३० जेठ २९ मा विराटनगरबाट अपहरण गरी भारत पु¥याएको विमान संग्रहालय परिसरमा राखिएको छ । जहाजको पार्टपुर्जा जोडेर अवलोकन गर्नका लागि चार करोड ७९ लाख रुपैयाँ लागेको बताइएको छ । संग्रहालयमा २००७ मा नेपाली कांगे्रसले गरेको क्रान्तिमा प्रयोेग भएका तोप र ट्यांक पनि राखिएका छ । राजा महेन्द्रले २०१७ साल पुस १ को कदमपछि कांगे्रस नेताहरूलाई बन्दी बनाएका थिए । सुन्दरीजल बन्दीगृहमा बीपीसँगै नेपाली कांगे्रसका तत्कालीन नेताहरू गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, सूर्यप्रसाद उपाध्याय, रामनारायण मिश्र, दिवानसिंह राई, योगेन्द्रमान शेरचन, जमानसिंह गुरुङ र पे्रमराज आङ्दम्बेले जेल जीवन बिताएका थिए । राजाको ‘कू’ पछि बीपीले करिव दस वर्ष सुन्दरीजलको बन्दीगृहमा बिताएका थिए । बीपीले बन्दीजीवनमा साहित्यिक यात्रालाई निरन्तरता दिएका थिए । बन्दी अवस्थामै बीपीले साहित्यिक कृतिहरू, ‘सुम्निमा’ ‘तीन घुम्ती’, ‘नरेन्द्र दाइ’, ‘मोदी आइन’, ‘बाबु, आमा र छोरा’ एवं ‘हिटलर र यहुदी’ लेखेका थिए । कथाको संग्रहहरू ‘जेल जर्नल’ ‘श्वेतभैरवी’, ‘फेरि सुन्दरीजल’ र ‘आफ्नो कथा’ लगायतका कृतिहरू पनि बीपीले जेल बस्दा नै लेखेका थिए ।

नेपालका प्रथम निर्वाचित प्रधानमन्त्री बी.पी. कोइरालालाई राणा विरोधी राजनीतिक गतिविधिमा संलग्न भएको आरोपमा १९४७ र १९४८ मा सिंहदरबारमा जेल हालिएको थियो र २९ दिन लामो अनशन पछि उहाँ रिहा हुनुभयो। उहाँको पहल र नेतृत्वमा २००७ सालमा नेपालमा १०४ वर्ष लामो राणा शासनलाई उल्टाएर पहिलो प्रजातन्त्र प्राप्त भयो। त्यसपछि कोइरालाले नेपाली राजनीतिक संरचनाको विकासमा ध्यान केन्द्रित गरे, तर स्वर्गीय राजा त्रिभुवनले सिर्जना गरेको राजनीतिक अवरोधका कारण उनको उद्देश्य अपूर्ण रह्यो र स्वर्गीय राजा महेन्द्रको शासनकालमा पनि यो अवरोध जारी रह्यो। संविधानसभाको निर्वाचन २००७ सालमा लोकतन्त्रको उदयसँगै हुने भनिए पनि त्यो हुन सकेन। यद्यपि, राजाले २०१५ साल (१९५९ साल) मा संविधानसभाको निर्वाचनको सट्टा संसदको निर्वाचन गर्न सहमति जनाए। यस चुनावमा बी.पी. कोइराला एक महान नायकको रूपमा देखा परे र संसदमा आफ्नो पार्टीले जितेको २/३ सिट जिते र नेपालको पहिलो निर्वाचित प्रधानमन्त्री बने।
Day
Sunday
Fee Category Amount
Nepali Citizen 0
From Medium Road condition Duration Fare