in your mobile
सुन्दरी झरना सुन्दरीजल
धार्मिक, प्राकृतिक र कृत्रिम सम्पदाको संगम हो सुन्दरीजल | वागद्वार, सुन्दरीमाई, दधिचि ऋषिको आश्रम लगायतका दुई दर्जन धार्मिक सम्पदाहरू यहाँ छन् । बोलबम तीर्थका लागि यहाँको जल अनिवार्य भएको वाग्मती पुरणामा उल्लेख छ । यसैगरी, नेपालको दोस्रो पुरानो जलविद्युत् आयोजनाको बाँध तथा पोखरी निकै मनमोहक छ । यो बाँध तथा पोखरीको दुई खाले महत्व छ ।पहिलो त मनमोहक छ नै, दोस्रो सुन्दरीजल : धार्मिक, प्राकृतिक र कृत्रिम सम्पदाको संगम हो सुन्दरीजल | वागद्वार, सुन्दरीमाई, दधिचि ऋषिको आश्रम लगायतका दुई दर्जन धार्मिक सम्पदाहरू यहाँ छन् । बोलबम तीर्थका लागि यहाँको जल अनिवार्य भएको वाग्मती पुरणामा उल्लेख छ । पहिलो त मनमोहक छ नै, दोस्रो यहाँ वाग्मती र स्यालमतीको पानी मिसिएको छ । सुन्दर ढुंगाबाट पानी कहिले लुक्दै त कहिले देखिँदै बगेको छ । सुन्दरीमाईको आशीर्वाद लिएपछि पुनः त्यही बाटो हुँदै विद्युत उत्पादनका लागि पानी जम्मा गरी बनाइएको दहसम्म पुगिन्छ । यो पनि उत्तिकै राम्रो छ ।
यस सुन्दरीजल गाविसमा नेपालको दोस्रो जलविद्युत गृह सुन्दरीजल जलविद्युत गृह पनि अवस्थित छ । ६४० किलोवाट क्षेमता भएको यस जलविद्युत गृहको निर्माण वि.सं. १९९२ सालमा तत्कालीन राणा प्रधानमन्त्री जुद्ध शमसेरले गरेका थिए । काठमाण्डौ उपत्यकामा रहेको पिउने पानीको अत्याधिक अभाव र सो अभाव पूर्तीको लागि ल्याउने भनिएको मेलम्ची खानेपानी आयोजनाको प्रमुख द्वार पनि यसै गाविसमा पर्दछ । सुरुङ्गमार्ग द्वारा सिन्धुपाल्चोकको मेलम्ची खोलाबाट काठमाण्डौको सुन्दरीजलसम्म पानी ल्याउने भनिएको सो आयोजनाको दूरी करिब २७.६ व.कि.मी रहेको छ । जसमध्ये ६ व.कि.मी सुन्दरीजलबाटै निर्माण गरिदै छ भने बाँकी २१.६ व.कि.मी सुरुङ्गमार्ग सिन्धुपाल्चोक लगायत अन्य विभिन्न स्थानबाट निर्माण गरिदै छ ।
| Day | From | To |
|---|---|---|
| Sunday | 06:00 | 18:00 |
| Fee Category | Amount |
|---|---|
| Student | 20 |
| From | Medium | Road condition | Duration | Fare |
|---|---|---|---|---|
| manvhawan | Bus | Pitched |