in your mobile
गोकर्णेश्वर महादेवको मन्दिर
पुजा ब्रतको लागि प्रशीद्ध: गोकर्णेश्वर मन्दिर वरपर प्रशस्त कलाकृतिहरू छरिएर रहेका छन्। यहा लिच्छविकालीन, मल्लकालीन, राणाकालीन शाहकालीन विभिन्न कलाकृतिहरू पाइएका छन्। वि.स १९१२ मा गोकर्णेश्वर क्षेत्र वरपर बलभञ्जन पाण्डेले स्थापना गर्न लगाएका करिब ३०/३२ वटा विभिन्न देवदेवी तथा गणहरूका मूर्तिहरूमध्ये सरस्वाती, चन्द्रमा र महाकाल भैरवका मूर्ति अति नै सुन्दर छन्। यहाका केही मूर्ति त हजार वर्षभन्दा पनि पुराना छन्। मन्दिर परिसरमा चारमुखे ब्रहृमा र चित्रगुप्तका मूर्तिहरू पनि छन् जसलाई अमूल्य मूर्तिका रूपमा लिइन्छ। साथै मन्दिरको प्राङ्गण वरिपरिका जन्ती देवताहरूसमेत बलभञ्जन पाण्डेले बनाएको उल्लेख छ।
यो ठाउँ महादेवको बासस्थान भएको विषयमा पौराणिक ग्रन्थमा धेरै सामग्रीहरू छन् । तर यस ठाउँलाई गोकर्ण किन भनियो ? यस विषयमा प्रमाणित सामग्री खासै छैनन् । विगत तीन दशकदेखि मन्दिर परिसरमा तपस्या गरेर बसेका 'राम बाबा' भन्नुहुन्छ- 'शिवपुरीबाट हेर्दा यो ठाउँ गाईको कान जस्तै देखिन्छ, त्यसकारण पनि गोकर्ण भनिएको किंवदन्ती छ । ऋषि गोकर्णले जन्मिएको ठानिँदै उनको नाम धुन्धुकारी राखियो । यसैगरी, उक्त फल खाएको गाईले पनि त्यही बेला बालकलाई जन्म दिईन् । गाईको जस्तो कान भएको र गाईबाटै जन्मेकाले उनको नाम गोकर्ण राखियो । गोकर्ण निकै ज्ञानी भए, धुन्धुकारी मूर्ख भए । धुन्धुकारीले धेरै अपराध गर्न थाले । अपराध गर्दागर्दै श्रीमतीका रूपमा आफ्नै घरमा जम्मा पारिएका वेश्याद्वारा उनी मारिए । उनको शरीरलाई घरभित्र गाडेर वेश्याहरू लाखापाखा लागे । यता, वर्षौंपछि धेरै ज्ञान आर्जन गरेर ठूला ऋषिका रूपमा गोकर्ण आफ्नो घरमा आए, तर घरमा कोही पनि थिएनन् । रित्तो घरमा राति सुतिरहेका बेला धुन्धुकारीको आत्माले चीत्कार गर्न थाल्यो । आफू यसरी मारिएको र प्रेतका रूपमा दुःख पाइरहेको धुन्धुकारीले बताए । यता, गोकर्णले शान्ति पाउन नसकेका आत्माहरूको उद्धारका बारेका भगवान् शिवजीकै मुखबाट शुकदेव ऋषिले ज्ञान आर्जन गरेको थाहा पाएका थिए ।
गोकर्णले शुकदेव ऋषिलाई बोलाएर सप्ताह ज्ञान महायज्ञ लगाई धुन्धुकारीको आत्मालाई उद्धार गरे । त्यसपछि गोकर्णले दिवंगत पितृहरूको उद्धारका लागि उत्तरगयामा बसेर अभियान नै चलाए । वाग्मती नदी जुन ठाउँमा दक्षिणबाट उत्तरतिर बग्छ, त्यही ठाउँलाई उत्तरगया भनिन्छ । गोकर्णले पितृहरूको उद्धार आरम्भ गरेको ठाउँ भएकाले उत्तरगयालाई गोकर्ण भन्न थालिएको हो । यसैगरी स्वयम्भू पुराणका अनुसार, पाञ्चाल देशका राजकुमार गोकर्णको उद्धार भएकाले गोकर्णेश्वर नाम प्रारम्भ भएको हो ।
| Day | From | To |
|---|---|---|
| Sunday | 04:00 | 19:00 |
| Fee Category | Amount |
|---|---|
| Student | 5 |
| From | Medium | Road condition | Duration | Fare |
|---|